२७ असार २०८३, शनिबार

साम्प्रदायिक द्वन्द्वको बीजारोपण गरेर सामजिक–धार्मिक सद्‌भाव बिथोल्न खोजिँदैछ : शेखर कोइराला

भदौ १०, २०८०
काठमाडौं
साम्प्रदायिक द्वन्द्वको बीजारोपण गरेर सामजिक–धार्मिक सद्‌भाव बिथोल्न खोजिँदैछ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजेको बताएका छन् ।

‘देशमा साम्प्रदायिक द्वन्द्वको बीजारोपण गरेर सामजिक–धार्मिक सदभाव बिथोल्न खोजिँदैछ, त्य‍‍ो हामी कदापि स्विकार्न सक्दैनौं’ कोइरालाले भने ।

धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति गर्न नहुने बताए । 

उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्‌भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीमा आग्रह समेत गरेका छन् । धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रष्ट पारे।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान –२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशैभरि जाने खतरा रहेको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्