२९ जेठ २०८३, शुक्रबार

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैँसेपाटीमा सरकारी क्वार्टर, प्रचण्डले गरे साँचो हस्तान्तरण

भदौ १०, २०८०
काठमाडौं
प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैँसेपाटीमा सरकारी क्वार्टर, प्रचण्डले गरे साँचो हस्तान्तरण

​सरकारले ७ वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई ललितपुरको भैँसेपाटीमा सरकारी आवाज हस्तान्तरण गरेको छ ।

संघीय सरकारको लगानीमा बनेका सरकारी आवास आइतवार सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएको हो । 

आइतवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरपालिका सैंवुस्थित सम्पर्क कार्यालय र निवास हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्रीको निवास अवलोकन गरेका थिए ।

सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले साँचो बुझेका छन् । उनीहरू काठमाडौं आएको समयमा सरकारी आवासमा बस्नेछन् । 

भैँसेपाटीमै सरकारका मन्त्रीहरूका लागि पनि आवासको व्यवस्था गरिएको छ । केही समयमै पुल्चोकबाट मन्त्री क्वार्टर पनि भैँसेपाटीमा सार्न लागिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्