
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिना मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराएको छ ।
विशेषको फैसला चित्त बुझ्दो नभएकाले आइतवार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगले जनाएको छ ।
गंगाप्रसाद यादव, सुनिताकुमारी यादव, लालुप्रसाद अग्रवाल र अशोककुमार अग्रवालले सार्वजनिक जग्गा हिनामिना गरेर भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।
उनीहरूले सार्वजनिक जग्गाको हिनामिना गरेर ९७ लाख २ हजार ७८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी रहेको थियो ।
आयोगले सोही बराबरको बिगोसमेत जफतको माग गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
तर विशेषले उनीहरूलाई सफाइ दिने फैसला गरेको थियो ।