०५ असार २०८३, शुक्रबार

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

भदौ १०, २०८०
काठमाडौं
कांग्रेस अनुशासन समितिको कार्यविधि पारित
फाइल फोटो

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो ।

यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

समितिको बैठक भोलि यही भदौ ११ गते बिहान ८ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्