०१ असार २०८३, सोमबार

‘असहयोग र गुटबन्दी’ खड्का हटाउनुको कारण !

कात्तिक २०, २०७४
‘असहयोग र गुटबन्दी’ खड्का हटाउनुको कारण !

काठमाडौं २ असोज– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले नियम प्रमुख खड्कालाई बखास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

‘कामका राम्रोसंग सहयोग नगरेको तथा गुटबन्दी गर्ने र असहयोग भयो भनेर आपूर्ति मन्त्रीले प्रस्ताव ल्याउनु भएको छ’ मन्त्री बस्नेतले बैठकपछि भने, ‘निगमको जग्गा खरिदमा भएको अनियमितताको बारेमा म आफैले हेरेर आएको हुँ, यो बिषयमा पनि कुरा उठान भएको हो ।’

बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले निगमका प्रमुखलाई बर्खास्त गर्ने प्रस्ताव ल्याएका थिए । निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै संसदीय समितिले पनि खड्कालाई हटाउन सरकारलाई निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्