२९ जेठ २०८३, शुक्रबार

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका, स्वास्थ्य र कृषि एम्बुलेन्स सञ्चालनमा

भदौ ११, २०८०
उदयपुर
सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका, स्वास्थ्य र कृषि एम्बुलेन्स सञ्चालनमा

उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजनिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ ।  

सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न  सेवा दिने छ । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको बताए  । 'पहाडी पालिका रहेकाले केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । यसको समाधानका लागि यातायात सञ्चालनमा ल्याएका हौँ,' उनले भने । गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको । 

अध्यक्ष विश्कर्माले कृषि एम्बुलेन्सले कृषकद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पुर्‍याइदिने गरेको बताए  । गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्