
एसिया कप खेल्ने अफगानिस्तानको टोली घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले हशमतुल्लाह शाहिदीको कप्तानीमा टोली घोषणा गरेको हो । घोषित टोली १७ सदस्यीय रहेको छ ।
एसिया कपको १६ औं संस्करण पाकिस्तान र श्रीलंकामा हुँदैछ । अफगानिस्तान समूह बी मा रहेको छ । यस समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।
नेपालले पनि एसिया कपमा सहभागिता जनाउँदै छ ।
अफगानिस्तानको टोली
हशमतुल्लाह शाहिदी (कप्तान), रहमानुल्लाह गुर्बाज (विकेटकीपर), इब्राहिम जाद्रान, रियाज हसन, रहमत शाह, नजीबुल्लाह जाद्रान, मोहम्मद नाबी, इकराम अलीखिल (विकेटकीपर), राशिद खान, गुलबदीन नैब, करीम जन्नत, अब्दुल रहमान, शराफुद्दीन अशरफ, मुजीब उर रहमान, नूर अहमद, मोहम्मद सलीम, फैजलहक फारूकी