काठमाडौं, २ असोज– काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले दशैं तथा विश्व मुटु दिवसको अवसरमा बिशेष छुटमा मुटु परीक्षण सेवा ल्याएको छ । अस्पतालले सोमबारदेखि कार्डियाक स्पेशल प्याकेजको रुपमा मुटु परीक्षणको कार्यक्रम ल्याएको हो । ग्राण्डीमा असोज दुई गते देखि दश गते सम्म दुइ हजार नौ सयमा उन्नाइस रुपैयामा मुटु परीक्षण गराइने जानकारी गराइएको छ ।
मुटुरोग बढ्दै गएको अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत बनाउन र रोगहरुको समयमै निदान गरी भविष्यामा आउनसक्ने जटिल अवस्थाबाट बचाउन कार्यक्रम ल्याइएको अस्पतालले जनाएको छ । मुटु परीक्षण गराउन चाहनेलाई डाक्टर संगको कन्शल्टेसन,सिबिसी,ग्लुकोज फास्टिङ, क्रियाटिनिन, लिपिड, प्रोफाइल, टिएसएच,एसजिओटी, के प्लस,एन ए प्लस, युरिन रुटिन,इसिजी, एको र चेष्ट एक्सरे सेवा रहेको छ ।
कार्यक्रमको विषयमा थप जानकारी लिन अस्पतालको कल सेन्टरको फाने नम्बर ०१–५१५९२६६ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।