२४ जेठ २०८३, आइतबार

उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु

भदौ १२, २०८०
विराटनगर
उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु
फाइल फोटो

मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो । 

डा. यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ​​

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

एमबीबीएस डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । ड्युटीमा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्