२५ असार २०८३, बिहीबार

वर्षमान पुनको प्रस्ताव – राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौं

भदौ १२, २०८०
काठमाडौं
वर्षमान पुनको प्रस्ताव – राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौं

प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पुनले संस्कृति नीति तयार पार्न आवश्यक भएको बताएका हुन् ।

“नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय–समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यसलाई निरुपण गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले एक शक्तिशाली आयोग बनाई यी विषयको अध्ययन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्नेजस्ता कुराहरू व्यवस्थित गर्नलाई आयोगमार्फत नीति बनोस्”, पुनले संसद्‌मा भने ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै पुनले त्यही रुपले आपसी सद्‌भाव, समन्वय र सामञ्जस्यता कायम राख्नुपर्ने पनि बताए ।

विभिन्न समयका राजनीतिक परिवर्तनपछि धर्म निरपेक्षता, गणतन्त्र, सङ्घीयता र समानुपातिक शासन व्यवस्था कायम भएकामा अहिले समाजमा विभिन्न किसिमका अतिवाद देखिपरेको र यो समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

कुनै पनि राजनीतिक दल, धार्मिक समुदायले अतिवादलाई प्रशय दिन नहुनेमा पनि पुनले जोड दिए । विभेदरहित समाजका लागि सबै पक्ष एकजुट हुपनुपर्ने उनको भनाइ छ । 

नेपालको संविधान, विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनको परिपालनामा प्रतिबद्ध हुनुपर्नेमा पुनले सरकारको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्