
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुच्चो लिएर सडकमा ओर्लिएका छन् ।
मोदी स्वच्छ भारतको अभियानको सपोर्टका लागि देशका चर्चित हस्तिलाई चिठ्टी पठाएका छन् ।
यसमा उद्योगी, राजनीतिज्ञ, खेल तथा सिनेमाका हस्ती सहभागी छन् । २ अक्टोबरमा माहात्मा गान्धी जयन्ती भन्दा पहिला राष्ट्रपति रामनाथ कोविन्दले पछिल्ला दिन स्वच्छता नै सेवा अभियान सुरु गरेका छन् ।
यसैक्रममा मोदी सहरको सरसफाइका लागि कुच्चो लिएर सडकमा ओर्लिएका हुन् । उनी सडकमा आएर सफाइ गर्नृ थालेपछि अन्य सर्वसाधारण पनि सहभागी भएका थिए । मोदीले सफाइ अभियान जारी राख्नुपर्ने बताए ।