
काठमाडौं २ असोज– एकल महिलालाई नागरिकता लिन समस्या भएको सरोकारवालाहरुले बताएका छन् । मानव अधिकारका लागि महिला, एकल महिला समूहले सोमवार काठमाडौंको शंखरापूरमा आयोजना गरेको जनचेतना कार्यक्रममा सरोकारवालाहरुले एकल महिलाका लागि नागरिकता लिन समस्या हुने गरेको बताएका हुन् ।
शंंखरापुर नगरपालिकाका मेयर सुर्वण श्रेष्ठले एकल महिलाको मुख्य समस्या भनेकै नागरिकता भएको बताए । ‘एकल महिलालाई नागरिता बनाउन निकै समस्या हुदै आएको छ । हामीले सिफारिस त गरि दिन्छौ । तर कारण बश उहाँहरुले पाउनु हुदैन्’ उनले भने ‘त्यसमा कतिपय समयमा महिलाले खुलेर कुरा राख्न नसक्नु त कुनै बेला अनावश्य दुख दिने गरेको पाइएको छ ।’
उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले महिलाका लागि नगरपालिकाले सधै सहयो गर्ने बताइन् । मानव अधिकारका लागि महिला, एकल महिला समूहकी महासचिव कुन्दा शर्माले महिलाले नागरिताले गर्दा धेरै कुराबाट बन्चित हुनुपरेको बताइन् । ‘नागरिकता के कसरी पाइन्छ भनेर आफुले पनि बुझनु अनि अरुलाई पनि बुझाउनु । यहाँ नागरिता भएन् भने श्रीमानको सम्पतिमा हामीले आफ्नो हक जताउन पाउदैनौ । नागरिता भनेको निकै आवश्यक कुरा हो’ उनले भनिन् ।