
पोखरा विश्वविद्यालयका उप–प्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार बरालले विनास्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिबद्धता पेश गरी ननटचिङ्ग एलाउन्ससमेत लिएको उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा उप–प्राध्यापक बरालले आफैले गरेको प्रतिबद्धताविपरीत दोहोरो सुविधा लिएको खुलेपछि मुद्दा दायर गरिएको हो ।
उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दाहालले जानकारी दिए ।