
राष्ट्रिय खेलकुद परिषद (राखेप)का १९ जना प्रशिक्षकको बढुवा भएको छ ।
ब्याडमिन्टनका राष्ट्रिय प्रशिक्षक सुदिपकुमार योञ्जनसहित १९ जना प्रशिक्षकको मंगलवार बढुवा भएको हो ।
कार्यसम्पादन तथा अनुभवको मूल्याङकनको आधारमा १९ जना प्रशिक्षकलाई (अधिकृत तृतीय श्रेणी)बाट नायब वरिष्ठ प्रशिक्षक (द्वितीय श्रेणी)मा बढुवा गरिएको हो । यस्तै १२१ जना सहायक प्रशिक्षकको प्रशिक्षक (अधिकृत तृतीय श्रेणी)मा बढुवा गरिएको छ ।
राखेप पदपूर्ति समितिका सदस्य सचिव प्रेमबहादुर मल्लले मंगलवार सूचना प्रकाशित गरी बढुवा हुनेको सूची सार्वजनिक गरेका हुन् । राखेपमा लामो समयदेखि प्रशिक्षक र खेलाडीको प्रमोसन भएको थिएन ।