
सरकारले सहसचिव दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा राहदानीबाहेकलाई प्रवेशाज्ञा शुल्क छुट दिने निर्णय समेत गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।