काठमाडौं,२ असोज – संखुवासभा–नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीलाई मनराम एसकाज पत्रकारीता पुरस्कारले सोमबार सम्मान गरिएको छ । निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा रहि जिल्लाको विकास निर्माण, सामाजिक, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गदै गिरीलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशी २५ हजार रहेको छ । गिरी संखुवासभाबाट २०५७ सालबाट निरन्तर रुपमा जिल्ला र राष्ट्रिय स्तरका सञ्चार माध्यममा कार्यरत छन् ।
संखुवासभा घरभई काठमाण्डौमा बसेर पत्रकारिता गर्ने पत्रकारहरको साझा संस्था संखुवासभा काठमाण्डौ जर्नालिष्ट एशोसियसन (एसकाज) ले मनराम–एसकाज पत्रकारिता पुरस्कार गत बर्षदेखि शुरुवात गरेको हो । मनरामका संस्थापक मनमाया श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, एसकाजका अध्यक्ष हेमन्त गौतम लगायतले गिरीलाई पुरस्कार बितरण गरे ।
गिरीले पत्रकारिता क्षेत्रमा सहयोग र पत्रकारको उत्साह जगाउन यस्ता पुरस्कारले जिल्लाका सञ्चारकर्मीमा उत्साह र हौसला जगाएको बताए । गिरी ईमेज च्यानल, नेपाल समाचारपत्रको स्थानीय संवाददाता र रेडियो संखुवासभाका समाचार प्रमखका रुपमा कार्यरत छन् ।