०९ साउन २०८३, शनिबार

चीनले नयाँ नक्सामा भारतीय भूभाग समेट्यो, नेपालको चुच्चे नक्सापनि गायब

भदौ १२, २०८०
काठमाडौं
चीनले नयाँ नक्सामा भारतीय भूभाग समेट्यो, नेपालको चुच्चे नक्सापनि गायब

छिमेकी देश चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गरेको छ । ‘स्टान्डर्ड म्याप’ नाम दिइएको उक्त नक्सामा चीनले   ‘अक्साई चीन’ र अरुणाञ्चलको भागलाई समेटेको छ । जुन भूभागमाथि चीन र  भारतले दाबी गर्दै आएका छन्। 

नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा उल्लेख गरिएको छ । 
 ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो ।

यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ,’ चिनियाँ अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा लेखेको छ । 

यो नक्सा जारीपछि भारतमा हल्लीखल्ली मच्चिसकेको छ । यस्तै चीनले नेपालको नयाँ नक्सालाई समेत अस्वीकार गरेको पाइएको छ । चीनको जुन नक्सामा नेपालको चुच्चेनक्सा गायब छ ।

नेपालको भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेपछि नेपालले पनि २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्