३१ जेठ २०८३, आइतबार

संविधानले आम नागरिकलाई छहारी दिनुपर्छ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

कात्तिक २०, २०७४
संविधानले आम नागरिकलाई छहारी दिनुपर्छ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं २ असोज– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधानले आम नागरिकलाई छहारी दिनुपर्ने बताएका छन् । संविधान कार्यन्वयन भै समानता र समृंद्धिको यात्रामा मुलुक अगाडी बढेमात्र संविधानले आम नागरिकमा पूर्णअपनत्व भाव प्राप्त गर्ने उनको विश्वास छ ।

दोस्रो संविधान दिवसको उपलक्षमा शुभकामना दिदै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले यसअघिका संविधान किन असफल भए ? र जनताको आकांक्षा पूर्ति गर्न सकेनन् ? भन्ने कुराको समीक्षा जरुरी रहेको बताएका छन्  ।

‘पटक पटकको संविधान निर्माण र आन्दोलन एवं सशंस्त्र द्वन्द्व पश्चात् हामी २०७२ सालको लोकतान्त्रिक संविधान निर्माण गरी त्यसको कार्यान्वयनको चरणमा आई पुगेका छौं । यस अघिका संविधानहरु किन असफल भए र जनताको आकांक्षा पूर्ति गर्न सकेनन् ? त्यसको समीक्षा गर्दे देशको स्थायित्व र समृद्धिको लागि वर्तमान संविधानको कार्यान्वयन आजको महत्वपूर्ण आवश्यकता हो भन्ने कुरामा गंभीर हुनै पर्दछ’ रेग्मीले शुभकामना सन्देशमा भनेका छन् ।

पहिलो संविधान सभाबाट संविधान निर्माण हुन नसकी संवैधानिक र राजनीतिक जटिलताका वीच विशेष परिस्थितिको गाँठो फुकाउदै चुनौतीपूर्ण अवस्थामा दोश्रो संविधान सभाको निर्वाचन भै संविधान सभाको गठन भएको कुरा उनले स्मरण गराएका छन् ।

‘कठिन र जटिल परिस्थितिमा दुई पटक सम्म संविधान सभाको निर्वाचन गरी संविधान जारी गर्नु परेको र नेपाली जनताको वलिदानीपूर्ण त्याग र तपस्याको प्रतिफल नै आजको संविधान हो । यस्तो पृष्ठभूमिमा आएको संविधानले आम नागरिकलाई छहारी दिई उनीहरुको पूर्णअपनत्व भाव तव मात्र प्राप्त गर्नेछ जव संविधान कार्यन्वयन भै समानता र समृंद्धिको यात्रामा हामी अगाडी वढ्नेछौं’ रेग्मीले शुभकामना सन्देशमा भनेका छन् ।

स्थानीय तहको निर्वाचन अन्तिम चरणमा पुगेको अवस्था र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भै सकेको अवस्थामा ती निर्वाचन सम्पन्न गर्नु पहिलो प्राथमिकता र चुनौतीको रुपमा लिनु पर्ने उनले बताएका छन् । ‘चुनौती यस अर्थमा विशेष रुपमा रहेको छ कि उम्मेदवारको मनोनयन पश्चात वर्तमान व्यवस्थापिका–संसद स्वतः विघटित हुन पुग्दछ’ रेग्मीले भनेका छन, ‘त्यसैले आगामी निर्वाचन संविधानको स्थायित्व तर्फको यात्रा र संविधानको कार्यन्वयन एवं समृंद्धिको यात्रा दुवै हो भन्ने मलाई लाग्दछ । त्यसैले आजको दिनमा यी कुराहरुमा प्रतिवद्धता व्यक्त गर्दै संकृयता पूर्वक कृयाशील हुन सम्बन्धित सवैलाई आग्रह गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्