२४ जेठ २०८३, आइतबार

अल्बाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

भदौ १३, २०८०
काठमाडौं
अल्बाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

स्पेनिस राष्ट्रिय टोलीका कप्तान जोर्डी अल्बाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

उनले हालै सन्यासको घोषणा गरेको स्पेनिस फुटबल महासंघले जनाएको छ ।

लेफ्ट ब्याक अल्बाको कप्तानीमा यसै वर्ष स्पेनले युइएफए नेसन्स लिगको उपाधि जितेको थियो ।

उनले स्पेनका लागि ९३ खेलमा ९ गोल गरेका छन् । उनी सम्मिलित टोलीले सन् २०१२ मा युरोकप पनि जितेको थियो ।

सन् २०१२ मा भ्यालेन्सियाबाट बार्सिलोना गएका अल्बा त्यहाँ ११ वर्ष जमेका थिए । यसै वर्ष उनी अमेरिकाको इन्टर मायमी गएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्