३२ असार २०८३, बिहीबार

चीनको एउटा आवासीय भवनमा आगलागी– ६ जनाको मृत्यु

भदौ १४, २०८०
काठमाडौं
चीनको एउटा आवासीय भवनमा आगलागी– ६ जनाको मृत्यु

हाङझाऊ– पूर्वी चीनको झेजियाङ प्रान्तको एक आवासीय भवनमा बुधबार बिहान भएको आगलागीमा परी छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

ताइझोउm शहरको लुकियाओ जिल्लाको हेङजी टाउनशिपको कियानयाङपान गाउँमा रहेको एक घरमा बुधवार बिहान ३ः४० बजे आगलागी भएको जिल्ला सरकारले जनाएको छ ।

प्रहरीबाट खबर प्राप्त भएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए तर प्रहरी पुग्दा आगलागी भएको घरमा ६ जना फसेका थिए । प्रहरीले तीन जनालाई घाएते अवस्थामा र तीन जनाको मृत शरीर घरबाट निकालेका थिए ।

घाइत तीन जनालाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । आगलागी कसरी शुरू भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्