०२ साउन २०८३, शनिबार

इरानको हिरासतमा मृत्यु भएकी २२ वर्षीया युवती अमिनीका वकिलविरुद्धको मुद्दामाथि सुनुवाइ शुरू

भदौ १४, २०८०
काठमाडौं
इरानको हिरासतमा मृत्यु भएकी २२ वर्षीया युवती अमिनीका वकिलविरुद्धको मुद्दामाथि सुनुवाइ शुरू

तेहरान– इरानले महसा अमिनीका वकिलमाथि मुद्दा चलाएको छ । गत सेप्टेम्बरमा मृत्यु भएकी इरानी कुर्द युवती महासा अमिनीका वकिलमाथि ‘प्रणालीविरुद्ध दुष्प्रचार’ गरेको आरोपमा मुद्दा चलाइएको हो ।

इरानी पत्रिका इतेमाद दैनिकले वकिल सालेह निकबख्तमाथि ‘प्रणालीविरुद्ध दुष्प्रचार’ गरेको आरोप लगाइएको अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

‘पहिलो सुनुवाइ मङ्गलबार भएको थियो र उहाँलाई विदेशी र स्थानीय सञ्चारमाध्यसँग विशेष गरी महसा अमिनी प्रकरणको बारेमा बोलेकोमा शासनविरोधी प्रचार गर्ने गतिविधि गरेको आरोपबारे सूचित गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

गत सेप्टेम्बर १६ मा २२ वर्षीया अमिनीको हिरासतमा मृत्यु भएको करिब एक वर्षपछि निकबख्तको मुद्दा सुरु भएको थियो । दोषी ठहरिएमा उनलाई एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्छ ।

इटेमादका अनुसार निकबख्तका वकिलले उनलाई सफाइ दिन आग्रह गर्दै अन्तर्वार्तामा उनले  ‘अधिकारीहरूद्वारा देश सञ्चालनको शैलीको आलोचना मात्र गरेको’ बताएका छन् ।  

सेप्टेम्बर २०२२ को अन्त्यमा, निकबख्तले अमिनी परिवारले उनलाई पक्राउ गर्ने प्रहरी अधिकारीविरुद्ध उजुरी दर्ता गरेको सङ्केत गरेका थिए ।  

तेहरानले विदेशी सरकारहरूले उक्साएको ‘दङ्गा’को संज्ञा दिएको अमिनी प्रदर्शनका क्रममा मारिएका सयौं व्यक्तिहरूमध्ये दर्जनौं प्रहरी अधिकारीहरू पनि थिए ।

अधिकारीहरूले हजारौं प्रदर्शनकारी र उनीहरूका समर्थकहरूलाई पक्राउ गरेका छन् ।

पश्चिमी कुर्दिस्तान प्रान्तबाट आएका निकबख्तले आफ्नो लामो सेवाको दौडान धेरै इरानी व्यक्तित्वहरूको प्रतिनिधित्व गरेका छन् । जसमध्ये प्रशंसित फिल्म निर्देशक जाफर पानाही पनि समावेश छन् । –रासस

salt training

कमेन्ट गर्नुहोस्