
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी तीनवटा प्रदेशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू–भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको अनुमान छ ।
यस्तै, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने बताइएको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको अनुमान छ ।
‘कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।