२३ जेठ २०८३, शनिबार

भारतीय अभिनेत्री दिव्या दत्ता साहित्य महोत्सवका लागि नेपालमा

भदौ १४, २०८०
काठमाडौं
भारतीय अभिनेत्री दिव्या दत्ता साहित्य महोत्सवका लागि नेपालमा

त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छिन् । उनी मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे नेपाल अवतरण गरेकी हुन् । 

उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए । “अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ”, उनले भने “उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।”

अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तरक्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए । भदौ १५ गते शुक्रवारदेखि शुरू हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् ।

यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्