२७ असार २०८३, शनिबार

जनचेतना अभिवृद्धिका लागि सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङको आयोजना

भदौ १४, २०८०
काठमाडौं
जनचेतना अभिवृद्धिका लागि सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङको आयोजना
फाइल फोटो

बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिने भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौंले यही भदौ १६ गते शनिवार र्‍याफ्टिङ आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

कार्यक्रमले बागमती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने  जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए ।

काठमाडौं जिल्लाका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, बागमती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौं महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौंले र्‍याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट शुरू हुने र्‍याफ्टिङ कार्यक्रमलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घ र बागमती प्रदेश र्‍याफ्टिङ एन्ड क्यानोइङ सङ्घले प्राविधिक सहयोग गरेका छन् । 

पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले बागमतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्