०१ साउन २०८३, शुक्रबार

भारतमा त्रौमासिक कूल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि

भदौ १५, २०८०
काठमाडौं
भारतमा त्रौमासिक कूल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि

भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को महामारीपछि यसको वृद्धिदर ७.२ प्रतिशतले वृद्धि भएको हो । र, विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा माथि रहेको छ ।

बिहीवार सार्वजनिक तथ्याङ्कअनुसार आर्थिक वर्षको चार वटा त्रैमासिकमध्ये सबैभन्दा उच्च रहेको देखाएको छ । सरकारी तथ्याङ्कले वित्तीय, रियल इस्टेट र व्यावसायिक सेवा क्षेत्रको लागि १२.२ प्रतिशतको वार्षिक वृद्धि देखाउँछ । 

अन्य देशहरू जस्तै भारत पनि विश्वव्यापी वित्तीय अवस्था, युक्रेनको युद्ध र भूराजनीतिक तनावजस्ता विश्वव्यापी हेडविन्डहरूबाट प्रभावित भएको छ ।

भारतको केन्द्रीय बैङ्कले यसै महिना खाद्य पदार्थको उच्च मूल्य वृद्धिले घरायसी बजेटमा असर पारेको र अझ खराब हुने अनुमान गरिएको थियो । 

मुद्रास्फीति जूनमा ४.८१ प्रतिशतसम्म पुगेको थियो, जुन गत वर्षको ७.७९ प्रतिशतको उच्च विन्दुबाट अझै पनि तल झरेको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस वर्ष भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ६.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्