२४ जेठ २०८३, आइतबार

पोखरामा समाजवादी मोर्चाको सन्देशसभा, शीर्ष नेताले सम्बोधन गर्ने

भदौ १५, २०८०
काठमाडौं
पोखरामा समाजवादी मोर्चाको सन्देशसभा, शीर्ष नेताले सम्बोधन गर्ने

समाजवादी मोर्चा नेपालले आज  (शुक्रवार) पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आवद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका  सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुने जानकारी दिए ।

'प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो,' उनले भने, 'पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ ।'
 

salt training

कमेन्ट गर्नुहोस्