
काठमाडौं महानगरपालिकाले आज (शुक्रवार) काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गर्ने भएको छ । आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालन गर्न नदिइने काठमाडौं महानगरले जनाएको छ ।
महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश गराउन पाइने छैन ।
महानगरले यसअघि बिहीवार गाईजात्राको अवसरमा पनि यी क्षेत्रमा सवारी साधन निषेध गरेको थियो ।