०१ साउन २०८३, शुक्रबार

टी-२० विश्वकप एसिया छनोट : नेपालले आज बहराइनविरुद्ध खेल्दै

भदौ १५, २०८०
काठमाडौं
टी-२० विश्वकप एसिया छनोट : नेपालले आज बहराइनविरुद्ध खेल्दै

आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले आज बहराइनसँग खेल्दैछ । नेवाल र बहराइनबीचको खेल नेपाली समयानुसार बिहान सवा ११ मा शुरू हुनेछ । 

पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । 

तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।


प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्