
आगामी ३ दिन देशका प्रमुख नदीहरूको जलसहत सतर्कता तहभन्दा तलै रहने भएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नदी तटीय क्षेत्रका क्रियाकलापहरू सतर्कता साथ गर्न सकिने छ ।
आज ईलाम, पाँचथर, धनकुटा, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङजा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।