२२ जेठ २०८३, शुक्रबार

कोशी सरकारविरुद्धको रिटमा आज 'अन्तिम सुनुवाइ'

भदौ १५, २०८०
काठमाडौं
कोशी सरकारविरुद्धको रिटमा आज 'अन्तिम सुनुवाइ'

कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज (शुक्रवार) हुँदै छ । कोशी सरकारका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले अर्को पेशी आजका लागि तोकेको हो । मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतबारे आजबाट सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो । 

मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले उक्त कार्य गैर संवैधानिक भन्दै रिट दायर गरेको थियो । ४ भदौमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरीले समेत मत दिएका थिए । 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्