०८ साउन २०८३, शुक्रबार

राजनीति नक्सा सच्याउन चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

भदौ १५, २०८०
काठमाडौं
राजनीति नक्सा सच्याउन चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई आग्रह गरेको छ ।

नेपालको भूभाग भारतमा देखाइएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले नक्सा सच्याउन चीन सरकारलाई आग्रह गरेको हो ।

'चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछ ।' 

नेपालले  राजनीतिक नक्सा जारी गरिसकेपछि संयुक्त राष्ट्रसङ्घलगायत सम्बन्धित देशहरूमा कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यसको जानकारी नदिएको हुनसक्ने तर्फ पनि सो पार्टीले आशंका व्यक्त गरेको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्