०७ साउन २०८३, बिहीबार

एमसीसीकै कारण समाजवादी मोर्चा फुट्दैन, तर व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ – अग्नि सापकोटा

भदौ १५, २०८०
काठमाडौं
एमसीसीकै कारण समाजवादी मोर्चा फुट्दैन, तर व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्छ – अग्नि सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कै कारण समाजवादी मोर्चा नफुट्ने बताएका छन् । मोर्चाको एक घटक रहेको नेकपाले एमसीसीविरुद्ध आन्दोलन गरिरहेको छ । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सापकोटाले एमसीसी अनुमोदनका क्रममा संसदले पारित गरेको व्याख्यात्मक घोषणा सम्झौताको अंग बन्नुपर्ने आफूहरूको धारणा रहेको बताएका हुन् ।

‘एमसीसीको सवालमा म नै सभामुख भएको बेला १२ बुँदे घोषणा भएर त्यो पारित भएको छ । त्यो व्याख्यात्मक घोषणा चाहिँ एमसीसीको सम्झौताको अंग बन्नु पर्छ । त्यसो गरेपछि मात्र कार्यान्वयन सहज हुनसक्छ’ पत्रकारको प्रश्नमा सापकोटाले भने । ​

बुधवारदेखि एमसीसी कार्यान्वयनमा गइसकेको छ । ‘समाजवादी मोर्चा निरन्तर चल्छ, विप्लवजीसँग प्रधानमन्त्री प्रचण्डको निरन्तर कुरा भइरहेको छ । सरकारका केही आफ्नै बाध्यता हुन्छन् तर विचार र सिद्धान्तमा छलफल गर्दै जाने कुरा हो’ सापकोटाले भने ।

salt training

कमेन्ट गर्नुहोस्