०६ साउन २०८३, बुधबार

स्कोडाको ‘मोन्टे कार्लो’ एडिसन अब नेपालमा

भदौ १५, २०८०
काठमाडौं
स्कोडाको ‘मोन्टे कार्लो’ एडिसन अब नेपालमा

युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू एक्सपान्जे प्रालिले आफ्नो सफल मोडेल स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ ।

चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको एक शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ र्‍यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै प्रस्तुत गरेको हो ।

‘कुशाक मोन्टे कार्लो आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने हर एकको छनोट बन्नेछ । यसले युरोपेली स्टाइललाई हरसम्भव तवरले झल्काएको छ’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘तपाईंले मोन्टे कार्लोमा स्पोर्ट र्‍यालीको विरासत बोकेको र रोमाञ्चक मोटरिङमा समर्पित युरोपेली ब्रान्डको अनुभव गर्न सक्नुहुनेछ ।’ 

नयाँ कुशाक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरू रहेका छन् । यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको छ । नयाँ स्कोडा कुशाक ‘मोन्टे कार्लो’ दुई वटा आकर्षक कलरः ‘टोनार्डो रेड’ र ‘क्यान्डी ह्वाइट’ मा उपलब्ध हुनेछ ।

यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ । साथै ग्रिल, ‘ओआरभिएम’ र अन्य भागलाई ‘स्पोर्टी’ देखाइएको छ । ‘मोन्टे कार्लो’मा स्कोडाको प्रमाणित १.० लिटरको पेट्रोल टीएसआई इन्जिन दिइएको छ । जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

जसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । नेपालमा कुशाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’को रु ७१,९०,०००/– र ‘अटोमेटिक ट्रान्समिसन’को रु ७९,९०,०००/– राखिएको छ ।

null

नयाँ कारमा स्कोडा ‘अक्टाभिया आरएस २४५’को जस्तो डिजाइन १७ इन्चको ‘एलोई ह्वील’ दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज लगाइएको छ । साथै रुफलाई ‘म्याट ब्लायक रुफ रेल’सहित ‘कार्बन स्टिल’को ‘फिनिस’ दिइएको छ ।

स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलोपटक ‘रेड थिम’सहितको ८ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’ लगाएको छ ।

क्याबिनको ‘लेआउट’ मा परिवर्तन नगरे पनि ‘स्पोर्टी भाइब्स’ दिन ‘रुबी रेड मोटालिक फिनिस’ दिइएको छ । सिटको ‘अपहोल्स्ट्रिी’मा रातो र कालोको ‘मिक्स’ गरिएको छ भने ‘हेड रेस्ट’ मा ‘मोन्टे कार्लो’को ‘ब्याज’ दिइएको छ । यसमा ‘रेड एम्बायन्ट लाइटिङ’, ‘रेड थिम’को १० इन्चको ‘इन्फोटेन्मेन्ट डिस्प्ले’, ‘एलुमुनियम पेडल’, ‘डोर सिल’मा ‘मोन्टे कार्लो स्कफ प्लेट’ जस्ता परिवर्तित फिचर रहेका छन् । ‘मोन्टे कार्लो’ कुशाकको ‘टप ट्रिम’ भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचरहरु उपलब्ध छन् ।

यसमा ‘रेड थिम’ भएको ८ इन्चको स्कोडा भर्चुअल ककपिटसहितको ड्राइभर इन्स्ट्रयुमेन्ट क्लस्टर र स्कोडा प्ले एपसहितको १० इन्चको ‘इन्फोटेन्मेन्ट सिस्टम’ रहेको छ ।

स्कोडा कुशाक ‘मोन्टे कार्लो’ काठमाडौं, थापाथली स्थित स्कोडाको मुख्य सोरूम र देशभरका स्कोडा डिलरसिपमा ‘टेस्ट ड्राइभ’ र ‘बुकिङ’का लागि उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्