२७ असार २०८३, शनिबार

हेटौँडा–काठमाडौं सडक निर्माण ४ महिनाभित्र पूरा हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

भदौ १५, २०८०
हेटौंडा
हेटौँडा–काठमाडौं सडक निर्माण ४ महिनाभित्र पूरा हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौंको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् ।

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे । प्रदेश राजधानी र सङ्घीय राजधानी काठमाडौंसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । 

जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । 

मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए । उनले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्