२३ असार २०८३, मंगलबार

पूर्वयुवराज पारस अस्पताल भर्ना

भदौ १५, २०८०
काठमाडौं
पूर्वयुवराज पारस अस्पताल भर्ना

मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस अस्पताल भर्ना भएका छन् । उनलाई आज मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहलगायत अस्पताल पुगेका छन् ।

अस्पताल स्रोतका अनुसार उनले मुटुमा केही असहज महसुस गरेकाले अस्पताल भर्ना गरिएको हो ।

आज साँझ ६ः४५ बजेतिर पूर्वयुवराज पारसलाई अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमुद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । 

उनलाई ह्याम्सको इमरजेन्सीमा भर्ना गरिएको पुष्टि भए पनि थप विवरण आउन भने बाँकी छ । 

पूर्वयुवराज पारस झण्डै १२ वर्षयता मुटुका बिरामी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्