
काठमाडौंको पेप्सीकोलामा बस र बोलेरो जीप एकआपसमा ठोक्किएका छन् । आइतवार बिहान पेप्सीकोला छाप्रोस्थित सडकमा बस र बोलेरो ठोक्किएको काँडाघारी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस र बोलेरो ठोक्किँदा मोटरसाइकल र स्कुटरसमेत बिचमा च्यापिएको छ । तर, यसबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
थप विवरण केही बेरमा ।
अपडेट :
काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा एक साथ चार सवारी साधन दुर्घटना भएका छन् । मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँएको काँडाघारी प्रहरीले जनाएको छ ।
सडकमा गुडिरहेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा केही घाइते भएका छन् । घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान करिब पौने ८ बजेतिर भएको हो ।