२८ जेठ २०८३, बिहीबार
राजधानीको व्यस्त ठाउँमा दुर्घटना

पेप्सीकोलामा मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा १४ जना घाइते, केहीको अवस्था गम्भीर

भदौ १७, २०८०
काठमाडौं
पेप्सीकोलामा मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा १४ जना घाइते, केहीको अवस्था गम्भीर

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा एक साथ चार सवारी साधन दुर्घटना भएका छन् । काँडाघारी सडकखण्डमा आइतवार बिहान मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

काठमाडौं महानगरापालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा जडिबुटीदेखि पेप्सिकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडीलाई ठक्कर दिएको हो ।

बस र बोलेरो ठोक्किर अनियन्त्रित हुँदा बा. प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर र बा प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा ठोक्किएका थिए । 

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । ​घाइतेहरूमध्ये आठ जनाको मदल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै ६ जना घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरूको नामथर खुल्न नसकेको प्रहरीको भनाइ छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्