२३ असार २०८३, मंगलबार

प्रकाशको ‘सकम्बरी’ सात दिनमै पुगेको थियो करोड क्लबमा, ‘दमाई महाराज’लाई लाग्यो डेढ महिना

भदौ १७, २०८०
काठमाडौं
प्रकाशको ‘सकम्बरी’ सात दिनमै पुगेको थियो करोड क्लबमा, ‘दमाई महाराज’लाई लाग्यो डेढ महिना

गायक एवं सर्जक प्रकाश सपूतको ‘सकम्बरी’बोलको गीत एक सातामै युट्युबमा करोड क्लबमा प्रवेश गरेको थियो । निकै चर्चा र आलोचनाकाबीच यो गीतले छोटो समयमा करोड भ्युज पाउने गीतको कीर्तिमान कायम गर्न सफल रह्यो । 

चार महिनाअघि सार्वजनिक यो गीतको युट्युब भ्युज अहिले पाँच करोडको नजिक पुगिसकेको छ । 

त्यसपछि प्रकाशले सार्वजनिक गरेको ‘दमाई महाराज’लाई करोड क्लबमा पुग्न भने डेढ महिना लागेको छ । 

‘दमाई महाराज’ आइतवार बिहान मात्रै करोड क्लबमा प्रवेश गरेको छ। उसो त यो गीतको सुरुवाती चर्चा राम्रै थियो । गीतले सुरुवाती दिनमा राम्रो भ्युज पाउनुका साथै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा समेत कब्जा जमाएको थियो । 

तर, ‘गलबन्दी र बोल माया २’का रुपमा ल्याएको यस सिर्जना पहिलेको जस्तो भने नभएको स्रोता–दर्शकले प्रतिक्रिया दिएका थिए । 

गायक प्रकाश यतिबेला फेरि अर्को सिर्जना ल्याउने तयारीमा छन् ।

‘जाले रुमाल फाट्यो’बोलको गीत ल्याउने तयारी गरेको प्रकाशले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्