
छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सयले बढेर आज सुनको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार चार सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।