
भारतको उत्तर प्रदेशस्थित पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका दुईजनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, महाराष्ट्रको थानेमा भएको अर्को सडक दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन् । अन्य दुईजना घाइते भएको समाचारमा उल्लेख छ ।