२८ जेठ २०८३, बिहीबार

जुम्लामा जिप दुर्घटना, चालक र सहचालकको मृत्यु

भदौ १७, २०८०
जुम्ला
जुम्लामा जिप दुर्घटना, चालक र सहचालकको मृत्यु
फाइल फोटो

जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप छलपुनेरामा आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक मुगुको छायानाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्‍लाद कार्कीले जानकारी दिए । 

जिप सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्