
आयोजक निसर्ग स्कुल ९ औँ निसर्ग अन्तर स्कुल पौडी च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ । निसर्गले २७२ अंक बटुल्दै च्याम्पियनसिपको उपाधि उचालेको हो । दोस्रो स्थानमा लिंकन स्कुल रह्यो ।
लिंकनले ८६ अंक जोड्यो । यस्तै तेश्रो स्थानमा रहेको जेम्स स्कुलले ६० अंक जोड्यो ।
विजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य, आयोजक स्कुलकी संस्थापक एवं प्रिन्सिपल मोनिका प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए ।
आयोजकको आफ्नै पौडी पोखरीमा दुई दिन सम्म संचालन भएको च्याम्पियनसिपमा ६१ स्कुलका २८१ खेलाडीहरूले ४६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक सुदीप राजभण्डारीले जानकारी गराए ।