३० असार २०८३, मंगलबार

एमाले प्रदेश अधिवेशन : रिजालले पनि गराए वारेसमार्फत उम्मेदवारी दर्ता

भदौ १७, २०८०
बुटवल
एमाले प्रदेश अधिवेशन : रिजालले पनि गराए वारेसमार्फत उम्मेदवारी दर्ता

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि हरि रिजालले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

रुपन्देहीको बुटवलमा जारी प्रदेश अधिवेशनमा नेतृत्वका लागि रिजालले आइतबार राति उम्मेदवारी दर्ता गराएका हुन् । विजय बिराज विष्टलाई प्रस्तावक र लालसिंह काउछालाई समर्थक राखेर रिजालले उम्मेदवारी दर्ता गराएका हुन् । रिजालले वारेसमार्फत उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटी सदस्य भरत पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

सहमतिमा नेतृत्व चयनका लागि भएका प्रयास विफल भएपछि अध्यक्षका प्रत्यासीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका लागि राधाकृष्ण कँडेलले सुरुमै उम्मेदवारी दर्ता गराएका थिए । 

नयाँ नेतृत्व चयन गर्दै एमाले लुम्बिनी प्रदेश अधिवेशन भोलि सम्पन्न गर्ने तयारी छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्