२३ जेठ २०८३, शनिबार

एसिया कपः नेपाल र भारतबीचको खेल हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

भदौ १८, २०८०
काठमाडौं
एसिया कपः नेपाल र भारतबीचको खेल हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

एसिया कप क्रिकेटअन्तरगत आज हुने नेपाल भारतबीचको खेल हेर्न जनकपुरका विद्यालय आधा दिन बन्द गर्न आग्रह गरिएको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालय दिउँसो २ बजेपछि बन्द गर्न आग्रह गरेको हो । 

‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसला बढाउन मिति २०८०।०५।१८ गतेका दिन २  बजे पछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशअनुसार अनुरोध छ’, उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ । 

यसअघि पाकिस्तानसँगको खेलको समयमा पनि जनकपुरका कतिपय विद्यालय बन्द भएका थिए । 

नेपाल र भारतबीतको खेल आज दिउँसो ३ बजे हुँदैछ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्