१२ साउन २०८३, मंगलबार

एसिया कप: बंगलादेशले अफगानिस्तानलाई हरायो

भदौ १८, २०८०
काठमाडौं
एसिया कप: बंगलादेशले अफगानिस्तानलाई हरायो

एसिया कप क्रिकेटअन्तर्गत खेलमा बंगलादेशले अफगानिस्तानलाई ८९ रनले हराएको छ । आइतबार पाकिस्तानको लाहोरमा भएको खेलमा ३३५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४४.३ ओभरमा २४५ रनमा अलआउट भयो ।

टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो । समूह 'बी'मा बंगलादेशले २ खेलमा १ मा जित र १ मा हारसहित २ अङ्क छ । 

समूह 'ए'बाट यसअघि नै पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ । समूह ए को अन्तिम खेल आज नेपाल र भारतबीच हुँदैछ । दुईमध्ये एक टोली सुपर फोरमा पुग्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्