०६ असार २०८३, शनिबार

१५ अर्ब नतिर्ने व्यापारिक ग्राहकमाथि यस्तो चेतावनी

भदौ १८, २०८०
काठमाडौं
१५ अर्ब नतिर्ने व्यापारिक ग्राहकमाथि यस्तो चेतावनी

लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड  तथा  ट्रङ्क  लाइनबाट  विद्युत्  आपूर्ति  लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ ।

विभिन्न समयमा अदालतको आदेश  मन्त्रीपरिषद्का  निर्णय  तथा  निर्देशन  प्राधिकरण  सञ्चालक  समितिका  निर्णय  भइसके  पनि  प्राधिकरणले  सो  रकम  असुलउपर  गर्न  सकिरहेको  छैन  । 

 प्रसारण  लाइन  तथा  वितरण  सञ्जाल विस्तारमा आफैँले समेत लगानी गर्नुपर्ने दबावमा रहेको प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिनभित्र नतिरे कानुनी व्यवस्था बमोजिम लाइन काटिने चेतावनी दिएको छ ।

बक्यौता  तथा जरिबाना गरी यस्तो रकम २०७२ साउनदेखि १५  अर्ब  ४२  करोड  ८०  लाख  रुपैयाँ  बक्यौता  रहेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्