०५ साउन २०८३, मंगलबार

कतारलाई हराउँदै नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा

भदौ १८, २०८०
काठमाडौं
कतारलाई हराउँदै नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा

मलेसियामा जारी आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले कतारलाई हराएको छ । कतारलाई ९ विकेटले हराउँदै नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन् । 

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनमा अल आउट भएको थियो । 

नेपालकी इन्दू बर्माले उत्कृष्ट बलिङ गरिन् । इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । नेपालका लागिपूजा महतो र कविता जोशीले थप एक एक विकेट लिए ।

नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्न निर्णायक बन्नेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्