०५ असार २०८३, शुक्रबार

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

कात्तिक २०, २०७४
क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन नियन्त्रणमा

 


पोखरा, ३ असोज (रासस) ः कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ । 

क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको सर्वसाधारणको गुनासो र नजिकिँदो चाडबाडमा सम्भाव्य दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी साधनमा जाँचको कामलाई तीव्रता दिइएको प्रहरी सहायक निरीक्षक तीर्थराज पौडेलले जानकारी दिनुभयो । 

जाँचका क्रममा माइक्रोबसमा मुडालगायत सामान प्रयोग गरी सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उहाँले बताउनुभयो । 

केही दिनयता क्षमताभन्दा बढी सिट बनाएर यात्रु बोक्ने गरेका दैनिक १० भन्दा माथि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ । 

सन्दर्भ तस्वीर

salt training

कमेन्ट गर्नुहोस्