१२ साउन २०८३, मंगलबार

श्रीलंका पुगेर रोहितलाई भेटेपछि रविले भने– ‘गूड लक स्किपर’

भदौ १८, २०८०
काठमाडौं
श्रीलंका पुगेर रोहितलाई भेटेपछि रविले भने– ‘गूड लक स्किपर’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतसँगको खेलअघि नेपाली टीमका कप्तान रोहित पौडेललाई भेटेर शुभकामना दिएका छन् ।

एसिया कपमा नेपाली क्रिकेट टिमको हौसला बढाउन भन्दै श्रीलंका पुगेका लामिछानेले सोमवार बिहान रोहितसँग भेटेका हुन् ।

नेपाली टीमका कप्तानसँग भेटेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै रविले ‘गुड लक नेपाल, गूड लक स्किपर’ भनेर नेपाली टीमलाई जीतको शुभकामना दिएका छन् ।

पहिलोपटक एसिया कप खेल्दै गरेको नेपालले भारतसँग आज दिउँसो सवा ३ बजे खेल्दैछ । 

भारतको सिनियर टोलीसँग नेपालले पहिलोपटक खेल्न लागेको हो । सुपर ओभरमा पुग्न भारतविरुद्धको खेल जित्नैपर्ने दबाबमा नेपाल छ । 

तर, खेल वर्षाले बिथोल्ने सम्भावना धेरै रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्