एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालको छैटौं विकेट पतन भएको छ ।
पछिल्लोपटक २३ रन बनाएका गुल्सन झा मोहम्मद सिराजको बलमा आउट भएका हुन् ।
यसअघि ५८ रन जोडेका आशिफ शेख आउट भएका थिए ।
यो समाचार तयार पार्दासम्म ३१ ओभर ४ बलमा ६ विकेट गुमाएर नेपालले १४४ रन जोडेको छ ।
यसक्रममा कुशल भुर्तेलले ३८, भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाएर आउट भए ।
नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।
नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।
यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।
वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।